एसईईका विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2020 | 01:55:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटा लिमिटेडले २०७६ सालको एसईईका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ योजना ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको पाउने छन् ।

यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ ।  पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । 

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा रु ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा १०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसिमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ । 

विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । 

विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान आएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved