क्लिन फिडमा चुक्यो सरकार: नेपालीहरुले 'तत्काल' चर्चित च्यानल हेर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2020 | 11:22:14 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पष्ट मोडालिटी बीना नै कात्तिक ७ देखि लागू गरिएको क्लिन फिड ले उपभोक्ता मारमा परेका छन्। आजदेखि सबै बिदेशी च्यानल क्लिन फिड सहित आउनुपर्ने भएपनि स्पष्ट मोडालिटी नहुँदा नेपाली उपभोक्ताका रोजाईका धेरै च्यानलहरु बन्द भएका छन्। 

क्लिन फिड मा आएका भनिएका जी र सोनी नेटवर्कका भारतीय च्यानलहरुपनि पूर्ण रुपमा संचालन हुन सकेका छैनन् भने नेपालका उपभोक्ताहरुले हेर्दै आएका स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्स अन्तर्गतका च्यानलहरु बन्द भएका छन्। 

भारतीय टेलिभिजन नेटवर्क जी र सोनीको प्याकेजअन्तर्गतका सिमित च्यानलहरुमात्र क्लिन फिड अर्थात् विज्ञापनरहित कन्टेन्टमा आएको डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा डीसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बिजपाटीलाई बताए। 

'विज्ञापन रहित प्रशारण भएका भनिएका नेटवर्कका पनि सिमित च्यानल मात्र आएका छन्' आचार्यले भने, 'यी दुई बाहेकका अन्य नेटवर्कका च्यानलहरु तत्काल विज्ञापनरहित भएर आउने पक्का छैन।'

'विज्ञापन रहित प्रशारण भएका भनिएका नेटवर्कका पनि सिमित च्यानल मात्र आएका छन्' आचार्यले भने, 'यी दुई बाहेकका अन्य नेटवर्कका च्यानलहरु तत्काल विज्ञापनरहित भएर आउने पक्का छैन।'

नेपालीहरुले हेर्दै आएका स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्स लगायतका नेटवर्कका चर्चित च्यानलहरु विज्ञापनरहित हेर्नलाई कम्तिमा पनि डेढ महिना कुर्न पर्ने हुन् सक्ने आचार्यले बताए। 

यति मात्र नभई विज्ञापनरहित भएर आउँदा नेपालीहरुले रुचाएका धेरै च्यानलहरु महँगो पर्ने र अब बिदेशी च्यानल हेर्नलाई पहिले भन्दा कम्तिमा २५ प्रतिशत बढी पैसा तिर्नुपर्ने सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

बिदेशी च्यानल हेर्नलाई पहिले भन्दा कम्तिमा २५ प्रतिशत बढी पैसा तिर्नुपर्ने हुन्छ

सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुली

पराजुलीकाअनुसार अहिलेसम्म सोनी नेटवर्कका १९ र जीका १२ वटा च्यानल मात्रै बिज्ञापन रहित जान तयार भएका छन्। यस बाहेकका अन्य च्यानलहरु भारतीय प्रसारण संस्थाहरुबाट नेपाली केबल अपरेटरहरुसम्म विज्ञापनरहित भएका आएका छैनन्। 

अहिलेको अवस्थालाई हेर्दा उपभोक्ताहरुले आफुले यसअघि हेर्दै आएका चर्चित च्यानलहरु कम्तिमा पनि अबको डेढ महिनासम्म हेर्न नपाउने हुन् सक्छ। जसले गर्दा दुबईमा जारी विश्वचर्चित आइपीएल तथा फुटबलका जारी इंग्लिस प्रिमियर लिग र अन्य चर्चित लिगहरु नेपालीहरुले हेर्न पाउने छैनन्। 

क्लिन फिडमा ठुलाका आ-आफ्ना स्वार्थ, जनताले इच्छाएको च्यानल हेर्न नपाउने

क्लिन फिड स्पष्ट भएन 

कात्तिक ७ देखि क्लिन फिड लागू हुने भनेपनि यसको मोडालिटी कस्तो हुने भन्नेबारे सरकार आफैं स्पष्ट नहुँदा त्यसको मारमा उपभोक्ता परेका छन्। विज्ञापन रहित प्रसारण हुन नसक्दा एकातर्फ उपभोक्ताले आफुले हेर्दै आएका च्यानल हेर्न पाएका छैनन् भने च्यानल हेर्न तिरेको पैसाको समेत सदुपयोग भएको छैन। अर्कोतर्फ आफुले हेर्न चाहेको च्यानल हेर्न पाउने अधिकारबाट बन्चित भएका छन्। 

क्लिन फिड लागू गर्ने भनेपनि सरकारले यसको मोडालिटी कस्तो हुने भन्ने स्पष्ट नपारेकाले तयारी गर्नपनि नसकिएको डीसहोमका प्रबन्ध निर्देशक आचार्यले बताए। डाउनलिंक गर्दा नै क्लिन फिड हुनुपर्छ,  बक्स हालेर फिड क्लिन गरेर च्यानल देखाउन पाइन्छ वा पाइदैन, विचमा विज्ञापन देखाउन पाइने कि नपाइने, कस्तो प्रविधिको प्रयोग गर्न पाइने, जस्ता प्रश्न अहिलेपनि यथावत रहेकाले धेरै च्यानलहरु बन्द भएको आचार्यको भनाई छ। 

'मोडालिटीको अस्पष्टताका बावजुत हाम्रो प्रयास जारि छ, अहिले दुईवटा नेटवर्क अन्तर्गतका सिमित च्यानलहरु विज्ञापनरहित प्रशारण भईरहेका छन्, अरु नेटवर्कका च्यानलहरु पनि विज्ञापनरहितमा ल्याउने प्रयास जारी छ'  आचार्यले बताए। 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले म्याद थपको लागि माग भएको प्रति ध्यानाकर्षण भएको बताउदै तोकिएको मितिमा क्लिन फिड कार्यन्वयन नगर्नेलाई प्रचलित कानुन अनुसार कारवाही हुने बताएका छन्। 

भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्नको माग आएतापनि क्लिनफिड लागु गर्ने विषयमा विकल्प खोज्न नसकिने उनले बताए। 

विज्ञापन सहितको च्यानल प्रशारण गरेर नेपाल सरकारको कारवाही भोग्न भन्दा नेपालमा च्यानलनै प्रशारण नगर्नेतर्फ विदेशका ब्रोडकाष्टहरु अगाडी बढेका छन्।  एचबिओ, कलर्स, बिबिसी जस्ता नेटवर्कहरु कारबाही भोग्नु भन्दा च्यानल नै प्रशारण नगर्ने तर्फ अगाडी बढेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved