काडमाडौं । इन्टरनेट सेवा प्रदायक डिसहोम फाईवरनेटले टी २० तथा यूरो २०२४ प्रतियोगितालाई लक्षित गर्दै देशका विभिन्न १५ वटा शहरहरुमा रोड शो गर्ने भएको छ ।
मंगलबारबाट शुरु भइरहेको रेडियो अन(व्हील्स रोड(शो कार्यक्रमसँगको सहकार्यमा डिशहोम फाईवरनेटले आफ्नो सेवा(सुविधाहरुको प्रचार(प्रसार गर्न लागेको हो ।
रोड शो कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन् । महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने उक्त कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन् ।
उक्त कार्यक्रम अन्तरगत रोड शो धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि शुरु हुनेछ । त्यस्तै बैशाख २६ गते इटहरी, बैशाख २७ गते दमक, बैशाख २८ गते बिर्तामोड, बैशाख २९ गते बिराटनगर, बैशाख ३० गते जनकपुर, बैशाख ३१ गते वीरगञ्जमा रोड शो हुनेछ ।
यसैगरी, उक्त रोड शो जेठ १ गते हेटौंडा, जेठ २ गते नारायणघाट, जेठ ४ गते बुटवल, जेठ ६ गते धनगढी, जेठ ८ गते सुर्खेत, जेठ ९ गते नेपालगञ्ज, जेठ ११ गते पोखरा र जेठ १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।
रोड शोमा अन्य थप खेलका रोमान्चक गतिविधिहरु पनि हुने र सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भएर पुरस्कारहरु पनि जित्न सक्ने आयोजकले बताएको छ ।
आयोजकले उक्त कार्यक्रमबाट देशभरका हजारौंले पूर्ण मनोरञ्ज लिन पाउने विश्वास रहेको बताएको छ ।