वर्ल्ड लिंकले ल्यायो 'खुसीको अफर'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 12:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्ड लिंक कम्युनिकेशनले इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ। वर्ल्ड लिंकले नयाँ बर्षको अवसरमा ग्राहकलाई यस्तो सुविधा प्रदान गरेको हो। 

अंग्रेजी नयाँ बर्षको अवसरमा वर्ल्ड लिंकले इन्टरनेट ल्याएको अफरमा निशुल्क जडानका साथै राउटर र तीन महिनासम्म इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत निशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।    

आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस्तो योजना एक बर्षको इन्टरनेट सेवा लिँदा मात्र उपलब्ध हुने छ।

वल्र्डलिंकले बिगत २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदान गर्दै आएको छ। वर्ल्ड लिंकले देशभरका ६० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

के हो आइपी टिभी ? 
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रम समेत हेर्न सक्ने सुविधा हुन्छ। आइपी टिभी प्रसारण गुणस्तरीय हुने कम्पनीले जनाएको छ। 

यो पनि:  वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा 

            लाजिम्पाटमा वर्ल्ड लिंकको नयाँ सेवा केन्द्र संचालनमा 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved