सेक्यूरिटी, ईन्टरनेट र कम्युनिकेशनको कुम्भमेला भदौ २३ बाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2016 | 02:47:16 AM मा प्रकाशित

laxmi  sunrise bank

क्यान महासंघले क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरि मेलाको बारेमा जानकारी दिएको हो । आगामी भाद्र २३ गते देखि २६ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने महासंघका महासचिब बिश्वराम बलामीले जानकारी दिए ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम नै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” राखिएको वितरित बिज्ञप्तिमा जनाएको छ ।

'नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुुुस गरी क्यान महासंघले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको सर्वविदितै छ । प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले सर्वसाधारणहरुले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा हामीले लिएका छौं ।' बिज्ञप्तिमा उल्लेख छ ।

सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहने छन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेका महासचिब बलामीले बताए । यस पटकको प्रदर्शनीमा एक लाख ५० हजारले अबलोकन गर्ने अपेक्षा गरिएको छ । सेक्यूरिटी सोलुशन्सहरुलाई छुट्टै स्टल यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै स्टलको व्यवस्था गरेको छ । उक्त स्टलमा CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighterआदि रहने छन ।

त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिईएको छ । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष शहुलियत सहित प्रमुख आकर्षण बन्ने छन् । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्रसहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved