विनोद चौधरीले निर्माण गरेको सिजि टेम्पलमा २० लाख भक्तजनद्धारा दर्शन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 04:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासीमा शाश्वत धाम छ । यो कुनै देवी देवता उत्पत्ति भएको स्थान नभई एक जना व्यवसायीले बनाईदिएको धार्मीक स्थल हो । जसलाई सिजि टेम्पलको नामले पनि चिनिन्छ ।
नवलपरासीको दुम्कौलीस्थित उक्त धाम सञ्चालनमा आएको २० महिना भयो । २० महनिाको अवधिमा २० लाख लाख भक्तजनले सो धामको दर्शन गरिसकेका छन् । दर्शन गर्न आउने पर्यटकको दस्ताबेज राखिएको छ । कस–कसले दर्शन गरे भन्ने कुरा प्रष्ट राखिएको छ । प्रवेश गर्दा नै नाम लेखाएर जानुपर्छ ।
सरकारले उक्त धामलाई वेस्ट टुरिष्ट डेस्टिनेशनको अवार्ड समेत  दिइसकेको छ ।
मंसिर २१ गते शुक्रबार विहान हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ बर्षिया बृद्धा लोकलक्ष्मी आचार्य शाश्वत धाम दर्शन गर्न पुगिन । उनलाई धाममा बडो श्रद्धापूर्वक स्वागत गरियो । कारण थियो उनी धाममा दर्शनका लागी पुग्ने २०औं लाख दर्शनार्थी थिईन ।
लोकलक्ष्मी सहित शुक्रबार शाश्वत धाम दर्शन गर्न जाने सबै भक्तजनलाई पञ्चेवाजा, स्वस्ती वाचन र भजन किर्तन सहित स्वागत गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गको छेवमै रहेको उक्त धाम अर्बपति विनोद चौधरीले बनाएका हुन् । त्यसैले यसलाई सिजी टेम्पल पनि भनिन्छ । विनोद चौधरी, चौधरी ग्रुपका अध्यक्ष पनि हुन् । शाश्वत धामका फाउण्डर ट्रस्टी चौधरीले भन्छन्, ‘स्वदेशी तथा विदेशी पर्यटकका लागि शाश्वत धाम नेपालकै उत्कृष्ट गन्तव्य हो ।’
शाश्वत धाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टर पनि थपिएका छन् । बुद्ध धर्मको इतिहास सहितको संग्राहलय र हिन्दू धर्मको जानकारी दिने संग्राहलय पनि छ । शाश्वत धाम सनातन धर्मको खोजी र त्यसको उत्पत्तिका विषयमा जानकारी लिने मुख्य गन्तव्य भएको धामको दावी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved