सगरमाथा क्षेत्रको फोहोर काठमाडौँ आइपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 11:58:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा सरसफाइका क्रममा संकलन भएको एक हजार किलो फोहर काठमाडौँ ल्याईएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा ल्याईएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजारले जानकारी दिएको छ । 

कुहिने फोहरलाई ओखलढुङ्गा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोरलाई काठमाडौँ ल्याईएको छ । निकुञ्जका प्रमुख प्रमोद भट्टराईका अनुसार १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बु क्षेत्रको लुक्लादेखि स्याङ्बोचे सम्ममा सफा गर्दा सङ्कलन भएको फोहर काठमाडौँ ल्याईएको हो । 

वैशाख १ बाट शुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समिति सहभागी थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved