खप्तडमा होटल खोल्ने सम्भावना अध्ययन गर्दै पर्यटन बोर्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 12:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको टोली खप्तड पुगेको छ । अछाम, बझाङ, बाजुरा तथा डोटी जिल्लाको संगमस्थल खप्तडमा बोर्डको टोली पुगेको हो ।
खप्तड क्षेत्र पर्यटकीय नगर भएको तर विभिन्न कारणले पर्यटक पुग्न नसकेको भन्दै त्यस्ता कारणको पहिचान गर्न बोर्डको टोली लप्तड गएको हो । नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा, अवधेश कुमार दास र दिपक महतसहितको टोली अहिले खप्तडमा छ ।
पर्यटन बोर्डले केही दिन अघि मात्रै १ अर्ब ५० करोड बजेट विनियोजन गरेकोमा खप्तडमा होटल बनाउन ५ करोड छुट्याएको छ । त्यसैको सम्भावित अध्ययन गर्न टोली खप्तड पुगेको बुझिएको छ ।
खप्तड पुगेका बोर्डका सदस्य कृष्ण बहादुर महराले खप्तडमा सय जना र बिचपानीमा २५ जनालाई बसोबासको व्यवस्थाका लागि संरचना निर्माण गरिने बताएका छन् । खप्तडमा खानपिन र बसोबासकै अभावले गर्दा सोचे जति पर्यटक ल्याउन नसकिएको भन्दै बोर्डले खाना र बस्नको व्यवस्था हुनासाथ खप्तडमा पत्येक वर्ष ५० हजार पर्यटक भित्रयाउन सकिने जनाएको छ ।   
बोर्डका सिइओ दिपकराज जोशीले खप्तडमा पर्यटक नजानुका पछाडी अन्य कुनै कारण नभई बस्ने र खाने ठाउँको अभाव नै प्रमुख कारण रहेको बताए । त्यस क्षेत्रमा पर्यटकको संख्या बढाउन आवश्यक पर्ने पूर्वाधार मध्ये होटल प्राथमिकतामा रहेकाले बोर्डले ५ करोडको लागतमा होटल बनाएर अनुभवि सञ्चालक खोजेर चलाउन दिने उनले बताए ।
पर्यटन बोर्डले खप्तडलाई स्कि र गल्फको सम्भावना भएको ठाउँका रुपमा लिएको पनि जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved