पर्यटक उद्धारका नाममा मौलाउँदै कमाउ धन्दा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 11:15:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटन उद्योगलाई दिर्घकालिन घाटा हुनेगरी फेक रेस्क्युको विषय धेरै चर्चामा आयो । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई नक्कली बिरामी खडा गरी विमा वापतको रकम असुल्ने गरेको पाईपछि यस विषय बाहिर आएको हो ।
पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई औषधि खुवाएर बिरामी बनाई उद्धारका नाममा पैसा असुल्ने क्रम बढेको भन्ने गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गत जेठमा एउटा समिति बनायो । समितिको काम थियो, सत्य के हो पत्ता लगाई गलत गरेको पाईएमा कारबाहीको लागी सिफरिस गर्ने । समितिको संयोजक थिए पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय । यसमा पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरे, राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झा सदस्य थिए । पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल समितिको सदस्यसचिव थिए ।
समितिले अध्ययन गरेर कारबाहीको लागी सिरफारिस पनि गरेको जनाएको छ । तर कतिलाई के कारबाही भयो भन्ने विषयमा कसैलाई केही थाहा छैन । मन्त्रालयका अधिकारीहरु कारबाहीका लागी सम्बन्धित निकायलाई पत्राचार गरिएको तर कारबाही भए नभएको जानकारी आफूहरुलाई नआएको बताउँछन् । समितिका संयोजक घनश्याम उपाध्यायले विजपाटीसँगको टेलिफोन कुराकानीमा समितिले सिफारिस गरेको तर कारबाही भए नभएको आफूहरुलाई थाहा नभएको बताए ।
छानबिन समितिले उद्धारका नाममा हेलिकप्टर कम्पनीको कमाउ धन्दा मौलाएको देखाएको छ । यति मात्रै नभई विभिन्न हेलिकप्टर कम्पनीले प्रति उडान लाखौ रुपैयाँ असुल गरेको पनि समितिको प्रतिवेदनमा छ ।
उद्धारका नाममा हेलिकप्टरको कमाउ धन्दा
(मनाङ एअर : १ हजार ९१० उद्धार)
मनाङ एयरले १ हजार ९१० उद्धार उडान गरेको छ । सरकारी टोलीले नमुना परीक्षण गर्दा एक उद्धारको ९ लाख रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ । मनाङ एअरले बिरामी पर्यटकलाई स्वाकोन, नर्भिक र वयोधा अस्पतालमा लगेको जनाएको छ । तर कति विरामी लग्यो भन्ने तथ्यांक छैन ।
(सिम्रिक एअर : ३५१ उडान)
सिम्रिक एअरले ३५१ उद्धार उडान गरेको छ । यस एअरलाईन्सले उद्धारका नाममा पर्यटकबाट एउटा रुटको ७६ हजारदेखि २४ लाख १६ हजारसम्म पैसा लिएको छ । तर, बिरामीलाई कुन अस्पताल लगियो भन्ने विवरण उल्लेख छैन ।
(अल्टिच्युड एअर : ३८३ उद्धार)
अल्टिच्युड एअरले ४२ महिनामा ३८३ उद्धार उडान गरेको छ । तर यस हेलिकोप्टर कम्पनीले उद्धारगरेका बिरामी कुन अस्पताल लगियो भन्ने जानकारी छैन । उडानमा १ लाख ५० हजारदेखि ५ लाख ६० हजारसम्म असुलेको देखिएको छ ।
(हेली एभरेस्ट : २ हजार २३० उद्धार)
हेली इभरेष्टले सन् २०१५ देखि २०१८ को मे ३० सम्म २ हजार २३० उद्धार उडान भरेको पाईएको छ । तर ती उडानबाट कति बिरामीको उद्धार गरियो भन्ने केही जानकारी राखिएको छैन । यतिसम्म कि उद्धार गरेर बिरामी पर्यटकलाई उपचारका लागी कुन अस्पताल लगियो भन्ने विवरण समेत छैन । हेली एभरेष्टले पर्यटकलाई उद्धार गरेको देखाएर ७६ हजारदेखि ८ लाखसम्म असुल गरेको छ ।
(एअर डाइनेस्टी : १ हजार ३४५ उडान)
इस एअरले साढे तीन वर्षको अवधिमा १ हजार ३४५ उद्धार उडान गरेको छ । यसले पनि उद्धार गरेर ल्याएका विरामीलाई ग्रान्डी, टिचिङ, मेडिसिटी, मणिपाल र वयोधा हस्पिटलमा लगिएको देखाएको छ । तर धेरै विरामीको उपचार कहाँ भयो भन्ने उल्लेख छैन । यस एअरले प्रतिउडान १ लाख ५० हजारदेखि १० लाखसम्म लिएको छ ।
(फिस्टेल एअर : ५११ उडान)
फिस्टेल एअरले ५११ उद्धार उडान गरेको छ । एद्धार गरेर ल्याईएका विरामीलाई स्वाकोन, नर्भिक, वयोधा अस्पतालमा लगिएको छ । तर धेरजति विरामी कता लगियो भन्ने उल्लेख छैन । यस एअरले उद्धारका नाममा प्रति उडान १ लाख ६० हजारदेखि ६ लाखसम्म लिएको पाईएको छ ।
(प्रभु हेलिकोप्टर : १६२ उडान)
प्रभु हेलिकोप्टरले १६२ उद्धार उडान गरेको छ । तर, बिरामीलाई कुन अस्पताल लगियो भन्ने जानकारी छैन । यसले प्रति उडान तीन लाख ६० हजार लिएको भेटिएको छ ।
(माउन्टेन हेलिकोप्टर : २९६ उडान)
माउन्टेन एयरले ४२ महिनामा दुई सय ९६ उद्धार उडान गरेको छ । इसले प्रति उडान ७ लाख ५० हजारसम्म असुलेको छ । यो हेलिकोप्टरले टिचिङ र गंगालाल, ग्रान्डी, वयोधा, मेडिसिटी र न्युरो अस्पतालमा बिरामी लगेको जनाएको छ ।  
श्री एअरलायन्सले २७ उद्धार उडान गरेको छ  । बिरामीबाट १ लाख ८० हजारदेखि १५ लाखसम्म उठाएर सिबेक, ग्रान्डी र नर्भिक अस्पतालमा लगेको छ ।
सन् २०१८ को अप्रिल र मे महिनामा मात्रै कैलाश हेलिकोप्टरले १९ उद्धार उडान गरेको छ । यसले प्रति उडान २ लाख ५० हजारदेखि १७ लाखसम्म रकम असुलेको छ ।
छानबिन समितिले हेलिकप्टर बाहेक ४ अस्पताललाई कारबाही गर्न सिफारिस गरेको थियो । हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यु, अल्पाइन रेस्क्यु, इगल हेली, इजी हेली, कैलाश चार्टर्ड र फ्लाइट कनेक्सनलाई बारबाहीको लागी सिफारिस गरिएको छ । कारबाहीको सिफरिसमा परेका अस्पतालमा बयोधा, स्वागन, न्यू ईरा र सिविक छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved