पर्यटन प्रवद्र्धनको नाममा अन्तराष्ट्रिय च्यानललाई पैसा बाड्दै पर्यटन बोर्ड

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 20, 2018 | 01:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल पर्यटन बोर्ड’ नेपालको पर्यटन प्रवद्र्धनको एक स्वायत्त निकाय हो । चालु आर्थिक बर्षमा बोर्डले बजेट मार्फत नै पर्यटकीय गन्तव्यको डिजिटल प्रचार गर्ने जनाएको थियो । तर डिजिटलको नाममा बोर्डले अन्तराष्ट्रिय सञ्चार माध्यममा पैसा पठाउने काम मात्रै गरेको छ । नेपालमा सञ्चालित डिजिटल सञ्चार माध्यमलाई बेवास्ता गरी बोर्डले करोडौँ रुपैयाँ अन्तराष्ट्रिय मिडियाको लागी छुट्याएको छ ।
बेर्डले चालु आर्थिक वर्षमा विश्वभर नेपालको प्रवर्द्धन गर्न भन्दै विभिन्न अन्तराष्ट्रिय सञ्चार गृहमा नेपाली प्रवर्द्धनात्मक सामग्री प्रसारण गर्ने भनेको छ  । यस आर्थिक वर्षमा पर्यटन बोर्डले १७ करोड रुपैयाँभन्दा बढी बजेट विदेशी सञ्चारमाध्यमलाई छुट्याएको छ  । यसमा बिबिसी वर्ल्ड, सिएनएन, रोयटर्स र सिसिटिभी छन् ।
यसबाहेक ट्रिप एडभाइजर (ट्राभल साईट) र लोन्ली प्लानेटलाई समेत बोर्डले पैसा छुट्याएको छ । बोर्डले नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नका लागी अन्तराष्ट्रिय सञ्चारमाध्यमको साथ लिनु परेको प्रतिक्रिया दिएको छ । भारत र चिनका विभिन्न सञ्चारमध्ययम सहित अन्य विश्व चर्चित सञ्चार माध्ययमार्फत नेपालको प्रचार गर्न लागिएको बोर्डको भनाई छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी डिजिटलाईजेशनको अवधारणा अनुसार अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको प्रवद्र्धनात्मक प्रचार गर्न लागिएको बताउँछन् ।

                                                                                                          -स्रोत : नेपाल पर्यटन बोर्ड_


यसबाहेक २५ वटा अन्तराष्ट्रिय टुरिजम फेयर, मार्ट र एक्स्पो, पर्यटक आउने मुख्य देश र सम्भावित देशमा कार्यक्रम, १ हजार अन्तराष्ट्रिय मिडिया र टुर अपरेटर्सलाई नेपालको परिचयात्मक भ्रमण गराउने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न देशमा बसोबास गर्ने नेपालीलाई प्रयोग गरेर नेपालको पर्यटन क्षेत्रमा विकास गर्न भन्दै पर्यटन दूतको अवधारणा समेत ल्याएको थियो । केही वर्षदेखी यसमा चरम राजनीतिकरण भएको पाईएपछि अहिले पर्यटन दूत प्रायः निष्क्रिय छन् । राजनीतिक दलको आडमा पर्यटन बोर्डबाट पर्यटन दुत बनाउन दबाब दिने र दूतमा नियुक्त भएपछि काम नगर्ने चलन बढेपछि बोर्डले पर्यटन दूत पनि छाँटकाट गर्ने जनाएको छ । नेपालबाट पर्यटन दूत खोज्न विदेश जाने सचिवहरुले नै दूत बनाईदिने आश्वासनमा मोबाइल, ल्यापटप लगायतका सामान माग्ने गरेको पाईएको छ । पर्यटन दुत बन्न चाहानेलाई भेटेर आफूलाई महङ्गा सामान दिने भए दूत बनाईदिने नदिने भए अरुलाई नै बनाईदिने भन्दै ब्ल्याकमेलिङ समेत गर्ने गरेको पाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved