घुम्नेपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल, पायो स्वर्गको 'टाइटल'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 04:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटन उद्योगका लागी सन् २०१८ निकै सुखदायी बनेको छ । पर्यटन क्षेत्रमा देखिएको फेक रेस्क्यु प्रकरण र वर्षको अन्तिमतिर निकै चर्चामा रहेको वाइडबडी प्रकरण बाहेक पर्यटन क्षेत्रमा निकै सुखदायी देखियो ।

नेपालको इतिहाँसमै १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक सार्वजनिक भएलगत्तै संसारका घुम्नै पर्ने देशको सूचीमा नेपाल परेको खबर आएको छ । सन् २०१९ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १५ गन्तव्यको सूचीमा नेपाल पनि परेको छ ।

बेलायतबाट प्रकाशन हुने ट्राभल म्यागाजिन ‘वान्डरलस्ट’ ले २०१९ मा घुम्नैपर्ने संसारका उत्कृष्ट १५ गन्तव्य सूचीमा नेपाललाई १४औं स्थानमा राखेको छ ।वान्डरलस्ट म्यागाजिनका अनुसार सूचीको पहिलो स्थानमा जापान छ । दोस्रोमा उत्तर–पश्चिम फ्रान्स, तेस्रोमा जोर्डन, चौथोमा ग्रिनल्यान्ड, पाँचौंमा चीनको सिल्क रोड, छैठौंमा फिजी छन् । त्यस्तै सातौं स्थानमा अर्जेन्टिना, आठौंमा बेलिज, नवौंमा जर्जिया र दसौंमा कोलम्बिया परेको छ । एघारौं स्थानमा बुल्गेरिया, बाह्रौंमा रुवान्डा र तेह्रौंमा भारत पर्दा चौधौं स्थानमा नेपाल र पन्ध्रौं स्थानमा मेक्सिको छन् ।

उक्त म्यागाजिनले वन्यजन्तु पर्यटनका लागि नेपाल उत्कृष्ट रहेको जनाएको छ । “सन् १९७० मा पृथ्वीबाट ६० प्रतिशत वन्यजन्तु सखाप हुँदा पनि नेपालले भने वन्यजन्तु जोगाउन आशालाग्दो काम गर्दै आएको छ,” आजभन्दा २५ वर्षअघि स्थापना भएको वान्डरलस्टले लेखेको छ, “सन् २०१८ मा बाघको संख्या बढेर नेपालमा २ सय ३५ पुग्नु सुखद खबर हो । ९ वर्षअघि नेपालमा बाघको संख्या १ सय २० मात्र थियो । यस्ता बाघ हाल संसारमै जम्मा ४ हजारमात्र छन् । वन्यजन्तु र पर्यटनका लागि नेपाल स्वर्ग नै हो ।”

पर्यटन व्यवसायीहरूका अनुसार संसारका ठूला टुर तथा ट्राभल कम्पनीले वान्डरलस्ट, लोन्ली प्लानेट, बिबिस, सिएनएन जस्ता पर्यटन पत्रिकाका सूची, यात्रा कथा लगायत ‘ब्रोसर’ मा राख्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने निश्चित छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved