यसरी स्तरोन्नति हुँदैछ त्रिभुवन विमानस्थल

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2019 | 11:46:29 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अहिले दैनिक १० घण्टा बन्द हुँदै आएको छ । धावनमार्ग मर्मतको काम भईरहेकाले विमानस्थल राती १० बजेपछि विहान ८ बजेसम्म बन्द हुन्छ । 

द्रुत गतिमा मर्मतको काम भईरहेको विमानस्थलमा रातको १० बज्नु अघि नै उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएका हुन्छन् । ‘नोटाम’ लाग्नेवित्तिक्कै तयारी अवस्थामा रहेका उपकरणहरु धावनमार्गमा दौडन्छन् । मर्मतको लागी अहिले भईरहेको धावनमार्गको केही भाग पिच उक्काईन्छ । यसलाई मिलिङ भनिन्छ । रातमा कति मिटर कति मिटर धावनमार्ग सुधार गर्ने हो त्यति पिच उक्काउने काम गरिन्छ । 

मेसिनले तीन चरणमा १०/१० सेमि गर्दै धावनमार्ग उक्काउँछ । पुरानो पिच भत्काउँदा निस्किएको काम नलाग्ने पदार्थ सिधै मेसिनबाट ट्रिपरमा राखेर विसर्जनका लागि बाहिर लगिन्छ । यसरी उक्काएको ठाउँमा फेरि नयाँ पिच गरिन्छ । यसका लागि आधुनिक पेभलर मेसिनबाटै काम हुन्छ । विहान ६ बजेसम्म धावनमार्गको उक्काईएको भागमा नयाँ पिच भइसक्छ । ८ बजेसम्म उडानका लागि रन–वे तयार भइसक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेल प्रविधिको प्रयोग गरिएको हुनाले निर्धारित समयमै धावनमार्ग सुधारको काम सकिने विश्वास व्यक्त गर्छन् । उनले राती १० बजे काम सुरु गर्ने भनेर १० बजेर ५ मिनेटमा सुरु भयो भने पनि भोलिपल्ट विहानको उाडन प्रभावित हुने भएकाले समयको निकै ख्याल गरिएको बताए ।

धावनमार्ग पुननिर्माणको जिम्मा पाएको चीनको सरकारी कम्पनी ‘चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनल’ले वाताबरण, मौसम लगायतमा अनुमान गरेर काम गर्दै आएको छ । पानी पर्ने सम्भावना भएको दिन काम नै हुँदैन । पानीले काम प्रभावित भयो भने उडान नै ठप्प हुने अवस्था आउन सक्ने भएकाले यसो गरिएको हो । ‘यदि काम सुरु भयो र काम हुँदै गर्दा बीचमा पानी पर्यो भने काम हुँदैन, यस्तो भयो भने त भोलीपल्ट उडान हुनै सक्दैन’ पोखरेलले भने । 

सन् १९७५ को दशकमा निर्माण गरिएको विमानस्थलको धावनमार्ग यसअघि कहिल्यै यसरी सुधार भएको थिएन । निर्माणपछि पुरै पिच उक्काएर नयाँ फेर्न लागिएको यो पहिलोपटक हो । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वेको स्तरोन्नति काम गर्दैछ । 

प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार चैत १८ बाट मर्मत सुरु भएको यो काम ९० दिनभित्र सक्ने लक्ष्य छ । ३५ मिटर लामो धावनमार्ग मर्मतपछि विमानस्थल दैनिक २४ घण्टा नै सञ्चालन योग्य हुने दावी गरिएको छ । धावनमार्गको सम्पन्न भएपछि आठ महिनाभित्र ट्याक्सी वेको काम काम सक्ने आयोजनाको लक्ष्य छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे प्रत्येक १०/१० वर्षमा फेर्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ । तर नेपालको विमानस्थल भने निर्माण भएयता पहिलोपटक कालोपत्रे फेरिन लागेको हो । यो विमानस्थलबाट अहिले दैनिक चार सयको हाराहारीमा उडान हुँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved