सगरमाथा क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 12:00:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भएपनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीको गुनासो छ । यसले गर्दा यस क्षेत्रका पशुपंक्षीसहित होटल व्यवसायमासमेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए । 

पछिल्लो समय निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता व्यक्त गरेका छन् । हेलिकप्टर कम्पनी नियम विपरित आफूखुशी उडाउँदै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले बताए । 

सिजनमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्याङ्क छ । तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै तथ्याङ्क छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved