शाह वंशीय राज्यकालको उद्गमथलो लमजुङ दरबारमा प्रहरी पोष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 08:47:32 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङ दरबारमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । बेँसीशहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ स्थित दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले ऐतिहासिक लमजुङ दरबार रहेको, धार्मिक महत्व बोकेको ठाउँ भएको र काउलेपानी घरवाससमेत सञ्चालन भएकाले सम्भावित घटनालाई ध्यानमा राखेर अस्थायी पोष्ट स्थापना गरिएको बताए । 

सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा छ । शाह वंशीय राज्यकालको उद्गमथलो लमजुङ र त्यसैको विरासत लमजुङ दरबार हो । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले यहाँ ल्याएर राजा बनाएको इतिहास छ । 

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । 

त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेका थिए । धेरैपछि यशोबह्मा शाह राजा भए । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह राजा भए । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved