नेपालको उड्डयन क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको युएईलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 03:34:39 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आज मन्त्री भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा  मन्त्री भट्टराईले नेपालको उड्डयन क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् । 

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य जारी राख्न अनुरोध गरे । 

राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका छन् । यसबारे मन्त्री भट्टराईले प्रस्ताव साकारात्मक रहेकाले चाडै निर्णय लिने जानकारी गराएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved