सूर्य नेपालले काठमाडौँमा होटल बनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 02:51:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्य नेपालले काठमाडौँमा सुविधा सम्पन्न होटल बनाउने भएको छ । भारतीय उद्योग परिसंघका प्रतिनिधि सुप्रतिम दत्तले सूर्य नेपालमार्फत आफूहरुले नेपालमा लगानी गरेको भन्दै सूर्य नेपालमार्फत नै काठमाडौँमा होटल निर्माण गर्न लागिएको जानकारी दिएका हुन् ।

लगानी सम्मेलनमा बोल्दै दत्तले भने, ‘सूर्य नेपाल कम्पनीमार्फत् हामीले नेपालमा उपस्थिति जनाएका छौँ, यसले यहाँ राम्रो सम्भावना रहेको पुष्टि गरेको छ । कम्पनीले बिस्कुट, अगरबत्ति लगायतका उत्पादन पनि गर्दै आएको छ । काठमाडौँमा सुविधा सम्पन्न होटेल बनाउने समेत योजना अघि बढेको छ ।’

सूर्य नेपाल आइटिसी भारतको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved