‘महराले मलाई पनि ढाट्नुभयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 11:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराबाट नैतिक गल्ती भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले महराले पार्टी नेताहरुलाई ढाँटेर गम्भीर गल्ती गरेको बताएका छन् ।

बुधबार दाङमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गल्भीर गल्ती गर्नुभयो ।’ उनले यस्तो विषयमा नेतृत्व तहका नेताहरुले विवाद गर्न नहुने बताए ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved