काठमाडौँ महानगरले कान्ति बाल अस्पताललाई दियो २ करोड

रासस

रासस

Nov 09, 2019 | 05:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई  अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका मेयरविद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हस्ताक्षर अनुरुपको काम छिटो गर्न आग्रह गर्दै आफ्ना तर्फबाट अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । 

हस्ताक्षरपछि प्रमुख शाक्यले यस कार्यका लागि नगरसभाबाट दुई करोड विनियोजन गरिएको जानकारी गराउँदै काम अघि बढाउँदा आवश्यक परे अरु सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले महानगरको पूर्वाधार र सम्पदाका क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेकाले सो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए । 

निर्देशक विच्छाले भूकम्पका कारण क्षति पुगेर रातो स्टिकर टाँसेको भवनबाट बिरामीको उपचार गर्नुपरेको भन्दै अक्सिजनमा मात्रै वार्षिक करीब ६३ लाख खर्च हुने जानकारी गराए । विसं २०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको, बजेट थोरै भएको, कर्मचारीको तबलका लागि आउने बजेटसमेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि रक्षामन्त्री पोखरेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved