बिजपाटी सम्बाददाता     Nov 12, 2019 | 03:27:32 PM



बारामा निर्धन उत्थान लघुवित्तका एक कर्मचारी लुटिएका छन् । बाराको प्रसौनीस्थित लघुवित्तका जीवन खड्का फेटा गाउँपालिका–२ जगतपुरमा रकम संकलन गर्न जाँदा लुटिएका हुन् । 

भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।  हतियारसहित आएका बन्दुकधारीले फायरिङ गरेर पैसा लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7