लिम्पियाधुरासहितका सीमा क्षेत्र फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 05:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले कब्जामा राखेको सीमा क्षेत्र नेपालको अधिनमा नै फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता सुजित केसी र उपप्राध्यfपक फणीन्द्र नेपालले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

रिटमा  नेपालको हालको नक्सा बदर गरी लिम्पियाधुरासहितका भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न माग गरिएको छ। त्यस्तै भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न माग गरिएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सशस्त्र प्रहरी बल र नापी विभागलाई विपक्षी बनाइएको रिटमा नापी विभागले समेत लिम्पियाधुरा  समावेश नगरेकाले सो क्षेत्र नै नेपालको राजनीतिक नक्साबाट बाहिर जान सक्ने खतरा औंल्याइएको छ ।

रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन र आवश्यक परे यो विवादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म पुर्‍याई नेपाली भूमि रक्षा गर्नको लागि आवश्यक आदेशको माग गरिएको छ । रिटको पेशी बिहीबारका लागि तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved