नाडा निर्वाचनः अध्यक्षमा ३ आकांक्षी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 11:21:19 AM मा प्रकाशित

laxmi  sunrise bank

अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४३ औँ साधारणसभा पौष ४ गते हुँदैछ । उक्त साधारणसभाले नाडाको आगामी नेतृत्व समेत चयन गर्ने भएकाले अध्यक्षका आकांक्षीहरु दौढधूपमा लागेका छन् । 

नाडाको आगामी अध्यक्ष पदका लागि हालसम्म ३ जना मैदानमा उत्रिसकेका छन् । वर्तमान उपाध्यक्षद्वय ध्रुव थापा र कृष्ण प्रसाद दुलालसहित अघिल्लो निर्वाचनमा पराजित भएका राम कँडेलले आ–आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् । पौष ४ गते बिहान ८ बजेदेखी १२ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । अहिले सर्वसम्मतको प्रयास भईरहेको उपाध्यक्ष एवम् अध्यक्षका प्रत्यासी दुलालले जानकारी दिए । 

बजारमा निर्वाचन भए वा सर्वसम्मत भएपनि दुलाल अध्यक्ष बन्ने लख काट्न थालिएको छ । तर दुलालले भने आफू प्रत्यासी भएपनि सर्वसम्मत नेतृत्व चयनका लागि आफू लागिपरेको बताएका छन् । नाडाले निर्वाचनमा भाग लिन आफ्ना सदस्यहरुलाई मंसिर १५ सम्म प्रतिनिधिको नाम पठाउन भनिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved