धनुषा विस्फोट, ३ को मृत्यु ४ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2019 | 12:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

धनुषामा गएराति भएका बम विस्फोटमा प्रहरी अधिकृत र एकै परिवारका बाबु–छोरा मृत्यु भएको छ । उक्त घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरबाट १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति १२ बजे राजेशको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो । राजेशकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाएर प्रहरीलाई खबर गरेका थिए ।

 खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको त्यहाँ पुगेका एक प्रहरीले बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान उनले थालेको बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved