उखु किसानलाई सरर नेपालको लत्ता कपडा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 04:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ कम्पनी सरर नेपालले आन्दोलनरत उखु किसानलाई लत्ता कपडा सहयोग गरेको छ । आफूहरुले पाउनुपर्ने बाँकी बक्यौता रकम नपाएको भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका उखु किसानलाई चिसोबाट बचाउन सरर नेपालले लत्ता कपडा सहयोग गरेको हो । 

सररले क्लाउड फ्याक्ट्री संस्थासँगको सहकार्यमा कृषकका लागि ३४ वटा ज्याकेट र ३० वटा पाइन्ट सहयोग गरेको छ । कृषि प्रधान देशमा कृषकले उद्योगीबाट भूक्तानी नपाउनु दुखद रहेको भन्दै सरर नेपालका अपरेशन हेड शन्तोष कुमार बिमलीले उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन आन्दोलन स्थलमै पुगेर सहयोग गरिएको बताए । उनले किसानको बाँकी भूक्तानी तत्काल दिलाउन पनि सरकारसँग माग गरेका छन् । बिमलीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बताए ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved