कसले हेर्ने भए अग्नि सापकोटा बिरुद्द सर्वोच्चमा दायर भएको रिट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 10:23:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको सभामुखको उम्मेदवार अग्नि सापकोटा बिरुद्द सर्वोच्च  अदालतमा दायर भएको रिटको पेशी न्यायधीश हरि प्रसाद फुयालको एकल इजलासमा तोकिएको छ । शुक्रबार  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटा बिरुद्द हत्या अभियोग लागेकोले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गर्दै रिट दायर गरेका थिए । 

रिट त्रिपाठीले जिल्ला प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यला , जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई समेत विपक्षी बनाएका छन्  । 

प्रतिनिधिसभामा आज नै सभामुखको निर्वाचन हुदै छ । निर्वाचनमा सापकोटा एक्ला उम्मेदवार हुन् ।  अर्थात् निर्वाचनपछि उनी सभामुख चयन हुने निश्चित छ । तर रिट दायरका अधिबक्ता त्रिपाठी भन्छन् ' आइतबार सभामुखको चुनाव भएपनि अदालतले आदेश दियो भने निर्वाचन नै बदर हुन्छ' । 

काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved