चन्द्र ढकाललाई सघाउने गरि महासंघको उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 11:47:05 AM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा आगामी निर्वाचनलाई लिएर माहोल तात्तिएको छ। वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुन् पाउने पाउने भएपछि उक्त पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।  

बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । बरिष्ठ उपाध्यक्ष मै लड्ने तयारी गरेका उमेशलाल श्रेष्ठले भने फेरी पनि बस्तुगत उपाध्यक्ष मै उम्मेदवारी दिने भएका छन् । पहिले भन्दा अहिले माहोल बदलिएकोले बरिष्ठ उपाध्यक्षमा ढकाललाई सघाएर आफु वस्तुगत उपाध्यक्ष मै रहने श्रेष्ठको तयारी छ । 

श्रेष्ठले बस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिंदा उनी सर्वसम्मत निर्वाचन हुन् सक्ने बताईएको छ ।  यद्यपि चुनाव हुने अवस्था नै आएपनि आफु पछाडी नहट्ने श्रेष्ठले बताएका छन् ।  श्रेष्ठ औषधि उत्पादन गर्ने क्वेस्ट फर्मासुटिक्लसका कार्यकारी निर्देशक हुन् । 

शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved