प्रधानमन्त्रीको गुनासो, ‘भ्रमण वर्षको सुरुमै धक्का लाग्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 03:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले  सुशासन र विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन ढिलो भए पनि सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको दाबी गरे । 

एमसीसी लगायतका विषयप्रति संकेत गर्दै ओलीले भने, ‘अहिले विभिन्न चर्चामा रहेका विषय, हामीले गर्नुपर्ने काम र तत् समयमा नेपाल सरकारले गर्नुपर्ने कामहरुबारे छुट्टै समय लिएर राख्ने छु ।’ उनले एमसीसी संसदबाट पास गर्नुपर्ने समेत बताएका छन् । 

‘नेपाल भ्रमण वर्षको रुपमा अघि सारेका छौं । सुरुमै केही धक्का संकेतहरु प्राविधिक हिसाबले देखा परको छन् । जसलाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ’ उनले भने । तर भ्रमण वर्षको सुरुमै लागेको धक्का के हो भन्नेबारे भने उनले केही खुलाएनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved