डिशहोमले पनि ल्यायो रियालिटी शो, विजेतालाई ५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 02:14:30 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले रियालिटी शो सुनौलो तारा कार्यक्रम सञ्चालनमा ल्याएकाे छ । निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी उक्त शो ल्याएको डिशहोमले जनाएको छ । 

देशका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सय भन्दा बढि वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने  डिशहोमले जनाएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु भएको उक्त शो हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने बताइएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको उक्त कार्यक्रमको सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन रहेको छ । कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ । यसका साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिशहोमले जानकारी गराएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved