करको दायरा बढ्दा बुटवलको आम्दानी तेब्बरले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 10:27:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले करको दायरा बढाउदा उपमहानगरले तेब्बर आम्दानी बढाउन सफल भएको बताएका छन् । ‘व्यवसाय करको दायरामा आउदामात्रै तेब्बर आम्दानी बढेको छ, उनले भने,‘सबै व्यवसायलाई बैधानिक रुपमै सञ्चालनमा ल्याउने काम गरिराखेका छौं ।’ उनले कर नभई करको दायरा बढाउने नीति उपमहानगरले लिएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि राजश्व संकलनमा बृद्धि हुदै गएको छ । नगरभित्र सञ्चालनमा रहेका व्यवसायहरु करको दायरा बाहिर थिए । ती व्यवसाय करको दायरामा आएपछि राजश्व संकलन बढेको हो । यसको एउटा उदाहरण बुटवल उपमहानगर छ ।

२०७४ साल असार महिनासम्म बुटवलमा संचालित व्यवसायमध्ये ६ हजा ७ सयमात्रै दर्ता थिए । करिव साढे तीन करोड राजश्व थियो । जनप्रतिनिधि स्थानीय तहमा आएपछि व्यवसायीलाई करको दायरामा ल्याउने काम भयो । दर्ता गर्नेको संख्या १६ हजार १ सय ९२ पुगेको छ ।

 यो पुससम्मको तथ्यांक हो । साढे दुई वर्षमा ९ हजार ४ सय ९२ व्यवसाय नयाँ दर्ता भएका व्यवसाय हुन् । यसले राजश्वमा करिव तीन गुणा बृद्धि भएको छ ।

नयाँ व्यवसाय दर्ता हुँदा उपमहानगरको आन्तरिक आयमा बृद्धि भएको छ । बुटवलले आर्थिक वर्ष २०७३÷७४ मा ३ करोड ३६ लाख ४८ हजार व्यवसाय कर संकलन गरेको थियो । त्यो करिव तेब्बरमात्रामा बढेको छ । गत आर्थिक बर्षमा ८ करोड ७८ लाख ४१ हजार ५ सय ६८ रुपैंया संकलन भएको थियो । 

चालु आर्थिक बर्षको पुस मसान्तसम्म ६ करोड ६ लाख ३ हजार ६१० रुपैंया व्यवसाय कर उठिसकेको छ । हाल उपमहानगरपालिकामा ९ हजार ५५ जनाले व्यवसाय कर बुझाउँछन् ।

उपमहानगरपालिकाले उठाउने राजश्वका शिर्षकहरुमध्ये एकिकृत सम्पत्ती कर, मनोरञ्जन कर, विज्ञापन कर, पार्किङ शुल्कलगायतका शिर्षकहरु नयाँ राजश्वका क्षेत्रहरु हुन् ।

तथ्याङ्क अनुसार २०७३÷७४ मा उपमहानगरपालिकाको कूल आन्तरिक आम्दानी १८ करोड ८९ लाख ६६ हजार ४८७ रहेको थियो । गत बर्षको आर्थिक बर्ष सकिदाँ सम्म उपमहानगरपालिकाले कूल आन्तरिक आम्दानी करिब १३६ प्रतिशत वृद्धी गरेको छ । 

स्थानीय तहको निर्वाचन पश्चात गठन भएको स्थानीय सरकारले अवलम्बन गरेको ‘करको दर नभई दायरा’ बढाउने नीतिअनुरुप गत आर्थिक बर्षको आन्तरिक आम्दानी ४४ करोड ६४ लाख ६३ हजार ३८ रुपैंया पुगेको थियो । 

यो बर्षको मध्यावधीसम्म आईपुग्दा उपमहानगरपालिकाको आन्तरिक आय मौज्दात ३२ करोड ३६ लाख ६६ हजार ४ सय ३७ रुपैंया रहेको छ ।

उपमहानगरपालिकाको आन्तरिक आयमा एकिकृत सम्पत्ती कर, अन्य सेवा शुल्क तथा विक्री, सिफारिश दस्तुर, व्यवसाय रजिष्ट्रेशन दस्तुरलगायतका शिर्षकहरुबाट उठेको राजश्वको हिस्सा अत्याधिक छ ।

तथ्यांक अनुसार चालु आर्थिक बर्षको पुश महिनाको अन्त्यसम्म आईपुग्दा कुल ५४ करोड ६९ लाख ८३ हजार ५ सय ६२ रुपैंया बास्तवित आन्तरिक श्रोतमा सबैभन्दा धेरै योगदान उपमहानगरपालिकाले सेवा शुल्क तथा बिक्रिबाट उठेको राजश्वको रहेको छ ।

 उक्त अवधीमा ८ करोड  एकीकृत सम्पती कर, ७ करोड ७५ हजार रुपैंया घरवहाल कर, २ करोड बहाल विटौरी कर, साना सवाारीसाधनबाट २२ लाख रुपैंया कर उठेको कर÷राजश्व शाखाका बरिष्ठ अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए ।

त्यस्तै सरकारी सम्पत्तीको वहालबाट २ करोड ८० लाख रुपैंया, विद्युत सेवा शुल्कबाट १० लाख, अन्य सेवा शुल्क तथा बिक्रिबाट सबैभन्दा धेरै ११ करोड ६५ लाख ५० हजार रुपैंया उठेको छ ।

उपमहानगरपालिकाले लिने नयाँ राजश्व अन्तरगतको शिर्षकको पार्किङ शुल्क १ करोड, २२ लाख, ५० हजार रुपैंया, नक्सा पास दस्तुर ४ करोड, सिफारिश दस्तुर १ करोड ७५ लाख रुपैंया, व्यक्तीगत घटना दर्ता दस्तुर ७ लाख ५० हजार रुपैंया र नाता प्रमाणित दस्तुर २० लाख रुपैंया संकलन गरेको छ । 

अन्य क्षेत्रको आय, व्यवसाय रजिष्ट्रेशन शुल्क, प्रशासनिक दण्ड, जरिवाना  जफत तथा अन्य राजश्व गरि उपमहानगरपालिकाले ३ करोड ७८ लाख ८२ हजार रुपैंया संकलन गरेको छ । 

उपमहानगरले बहाल कर समेत घटाएको छ । संघीय संरचना मातहत हुदा बुटवलमा १२ प्रतिशत रहेको करलाई १० प्रतिशतमा झारिएको छ । वडा वडामा बडापत्र राखेर काम गरिरहेका कारण व्यवसाय दर्तामा समेत सहजता भएको व्यवसायीहरु बताउछन् । ‘पहिले जस्तो झन्झट छैन र वडातहबाटै पनि सहज रुपमा काम लिन सकिने भएको छ’ बुटवल–११ मा नयाँ व्यवसाय सुरु गरेका विष्णुबहादुर बराल भन्छन्–अहिले सबै काम व्यवस्थित भएको पाएका छौं ।’ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved