कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी सुविधासम्पन्न होटलमा रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 05:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएका अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजीक रहेका अस्पताल वा सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए ।

“उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित संक्रमणको फैलिन नपाओस् भनी हामीले उहाँहरुलाई अस्पताल नजीकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ”, उनले भने , “भोलि यदि महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने नक्शाड्कन (म्यापिङ) गरिरहेका छाँै ।”

सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बीमा, थप सुविधालगायत निर्णय गरिसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved