बिजपाटी सम्बाददाता     May 22, 2020 | 08:47:34 PM


सरकारले जेठ ११ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले मुस्लिम धर्मालम्बीहरुको पर्व ईदको अवसरमा सो दिन विदा दिने निर्णय गरेको हो । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ईदको दिन सार्वजनिक विदा दिने सैदान्तिक निर्णय गरेको थियो ।

 यस अघि मुस्लिम आयोगले मुस्लिम समुदायको धार्मिक एवम् सांस्कृतिक पर्व ईदका अवसरमा सार्वजनिक विदा दिन सरकार समक्ष अनुरोध गरेको थियो । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका