क्वारेन्टिनमा बसेकालाई दैनिक २०० भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 01:51:41 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको छ ।  यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए । 

डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टिनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २०० रुपैयाँका दरले भत्ता दिने गरिएको उनले बताए । अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टिनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved