लकडाउनमा कडाइ गर्ने उपत्यकाका सिडिओको निश्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 02:36:40 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लकडाउन कडाइका साथ पालना गराउनको निर्देशन दिएका छन् । बिहिबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीले सामूहिक छलफलले लकडाउन कडाईका साथ लागू गराउने निश्कर्ष निकालेको हो ।

सरकारले जेठ ३२ गतेसम्म लागू गरेको लकडाउन उलङ्घन गर्ने छुट कसैलाई नरहेको भन्दै सिडिओहरुले सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्ने बताएका छन् । ‘सरकारले अर्को निर्णय नगरेसम्म यसअघि गरेको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने निष्कर्ष छ’ बैठकमा सहभागी ललितपुरका सिडिओ नारायण प्रसाद भट्टले भने, ‘यसअघि जुन जुन पसल खोल्नु भनिएको छ, त्यो बाहेक अरु खोल्न नदिने हाम्रो दायित्व हो, र हामी यो निर्णय कडाइका साथ पालना गराउँछौँ ।’ 

बिहिबारबाट काठमाडौँमा पसलहरू खुलेका छन् । राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा आजबाट पसलहरु खुलेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved