एमसीसी पास नगराउन राष्ट्रिय उद्योग व्यापार महासंघको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 10:29:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय समितिले एमसीसी पास नगराउन आग्रह गरेको छ । अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने दाबी गर्दै महासंघले एमसीसी पास नगराउन आग्रह गरेको हो । 

महासंघले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल कम्युनिष्ट पार्टी जस्तो पार्टी सत्तामा र नेपाली कांगे्रस जस्तो पार्टी प्रमुख प्रतिपक्षमा रहँंदा यस्तो प्रतिकुल परिस्थिति आउनु दुःखको कुरा भएको जनाएको छ । ‘नेकपा सत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने यी दुवै मिलेर देशमा राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पास गर्न खोजिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ । 

यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर अर्थात करिब ५५ करोड रूपैयाँ ल्याउने र नेपाल सरकारले मिसाउने १३ करोड डलर वा करिब पन्ध्र करोड रूपैयाँ राख्ने र यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्म्को विद्युत् प्रसारण लाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्ने उल्लेख छ । तर वास्तविकता यसको विरोध भनेको अमेरिकाको विरोध पनि नभई र विदेशी सहयोगको विरोध पनि त झन् हुँदै नभएको विज्ञप्तिमा उल्लेख छ । यसको विरोध यससँग जोडिए आउने शर्तहरूको भएको विज्ञप्तिमा जनाइएको छ । ‘यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो ।  चाहे आर्थिक अनुदान र विकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप यो महासंघलाई कदापी स्वीकार्य छैन’, विज्ञप्तिमा भनिएको छ ।

यसकारण सरकारले प्रस्ताव गरेको एमसीसी जस्तो घातक योजनालाई कुनै पनि हालतमा पारितन नगर्न महासंघले सांसदलाई हार्दिक अनुरोध गरेको उक्त विज्ञप्तिमा उल्लेख गरीएको छ । नेपालको अध्याबधिक नक्सा निर्माण गरी नेपाली जनताले २०४ बर्षदेखि देख्न नपाएको नेपालको नक्सा सार्बजनिक गरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक काम गरेको सरकारलाई आफनो छबि नधमिल्याउनर यस्तो राष्ट्रघाती सम्झौता तत्काल खारेज गर्न तथा नेपालको हित अनुकुल हुने गरी मात्र बिदेशी अनुदान स्विकार गर्न महासघले उक्त विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved