चीनसँगै जोडिएको रसुवा हालसम्म कोरोनाबाट कसरी सुरक्षित ? यसो भन्छन् सिडिओ पन्त

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jun 25, 2020 | 07:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट उत्पन्न भएको कोरोना भाइरसले अहिले विश्वनै आक्रान्त भएको छ । नेपालमा पनि बिहिबार दिउँससम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । 

हालसम्म नेपालका ७७ जिल्ला मध्ये ७६ जिल्लामा यो भाइरस फैलिई सकेको छ । तर चीनसँगै सीमा जोडिएको रसुवा भने हालसम्म कोरोना भाइरसबाट सुरक्षित छ । रसुवा कसरी सुरक्षित रह्यो भन्ने बारे अहिले चासो बढेको छ । 

रसुवाका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद पन्त एकल प्रयासले नभई जिल्लाका विभिन्न संयन्त्रको सामुहिक प्रयासले यो सम्भव भएको बताउछन्। उनका अनुसार जिल्ला स्तरीय कोभिड १९ व्यावस्थापन सेन्टर, स्थानिय तह, पत्रकार, जनप्रतिनिधी, कर्मचारी लगायत सम्पूर्ण फ्रन्टलाईमा खटिएकाहरुको आआफ्नो प्रयास र जिम्मेवारी बहनले नै हालसम्म जिल्लामा संक्रमण भित्रन नसकेको हो ।

पन्तका अनुसार जिल्लाका सीमा नाकामा गरीएको व्यवस्था, कोभिड व्यवस्थापन सेन्टर र स्थानिय तह लगायतको महत्तपुर्ण भुमिकाले जिल्लामा कोरोना प्रवेश हुन नसकेको हो । छिमेकि जिल्लाबाट प्रवेश गर्दा नाकामा सेनिटाइज टनेलको ब्यबस्था गरिएको, विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार चेक जाँच र कार्यहरु गरिएकोले नै जिल्लामा भाइरस नफैलिएको पन्तको भनाई छ । 

उनका अनुसार जिल्लामा हालसम्म ५१५ वटा आरडीटी र ५७ वटा पीसीआर परीक्षण गरीएको छ । ३२ वटा पीसीआर रिपोर्ट नेगेटिभ आएको र बाँकी २५ वटाको रिपोर्ट आउने क्रममा छ । त्यस्तै हालसम्म जिल्लामा ३०१ जनालाई क्वारेन्टिनमा राखिएको र अहिले पनि ४७ जना क्वारेन्टिनमै रहेको उनले बताए । जिल्लाभर ३०२ जना क्षमताको क्वारेन्टिन र ३५ वेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरीएको पन्तले बिजपाटीलाई जानकारी दिए । 

उनका अनुसार रसुवा अस्पताल परिसरमा निर्माण गरीएको ३५ शैयाको आइसोलेसनमा हालसम्म १३ जनालाई रखिएको थियो । संक्रमणको शंका लागेका १३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै उनीहरुलाई घर पठाइ सकिएको प्रमुख पन्तले जानकारी दिए । आगामी दिनमा जिल्ला भित्र यदि कसैमा संक्रमण देखिएमा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भने अनुसारको मापदण्ड अपनाएर नियन्त्रणमुखि व्यवस्थापन गर्दै जाने तयारी रहेको प्रमुख पन्तले जानकारी दिए । 

कोरोनाको उद्गम थलो चीनसँग  सिमाना जोडिएको र देशकै महत्वपूर्ण नाका रसुवागढी समेत रहेकोले यस जिल्ला संक्रमणको उच्च जोखिम मानिन्थ्यो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved