जब सल्लाहकारको छोराको 'डिजाइन'मा प्रधानमन्त्री ओली फसें !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 06:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो कार्यकालको लागि निवार्चित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकक्षमा 'डिजिटल एक्सन रुम' को स्थापना गरे । उनले त्यस रुमबाट प्रत्यक्ष भिडियो वार्ता गर्ने तथा विभिन्न राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष निगरानी तथा अनुगमन गर्ने गरेका छन् ।

तर त्यो डिजिटल रुम स्थापना गर्दा प्रधानमन्त्री ओली चिनियाँ प्रभावमा परेर त्यस कार्यको ठेक्का बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएको खुलेको छ । विश्वभरको गतिविधि नियाल्ने 'ग्लोबल वाच एनालिसीस' ले यस बारे खुलासा गरेको हो । 

ग्लोबल वाच एनालिसीसकाअनुसार त्यो ठेक्का बिना प्रतिस्पर्धा हुवेई कम्पनीलाई दिइएको थियो । सो कार्य सरकारी स्वामित्वको नेपाल टेलिकमले नै गर्न सक्ने भए पनि चिनियाँ प्रभावमा परेर बिना प्रतिस्पर्धा हुवेईलाई दिएको उक्त मिडियाको दाबि छ। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सलाहकार विष्णु रिमालको छोराले ठुलो रकम लिएर यो कार्य हुवेइलाई दिने वातावरण मिलाएको ग्लोबल वाचले दाबी गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved