मेलम्चीको सुरुङ फुट्दा २ जना बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 07:23:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा २ जना बेपत्ता भएका छन् । आज दिउँसो १२ः३० बजे सुरुङको ढोका फुट्दा त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएका हुन् ।

सुरुङको ढोका फुट्दा कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको तामाङले जानकारी दिए ।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved