बिजपाटी सम्बाददाता     Jul 31, 2020 | 04:47:41 PM


tansen

मास्क नलगाई हिडने २ लाख जना काराबहीमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मास्क नलगाई हिडने २ लाख जना कारबहीमा परेका हुन् ।  त्यस्तै, माक्स नलगाई हिड्नेहरुलाई १६ हजार पिस मास्क वितरण गरेको मन्त्रालयले जानकारी दिएको छ । 

सरकारले यसअघिनै मास्क नलगाई हिडनेलाई कारवही गर्न निर्देशन दिएको थियो । कोरान भाइरस संक्रमण थप नफैलियोस भन्ने हेतुले सरकारले सबैलाई मास्क लगाउन , स्यानिटाइजरको प्रयोग गर्न, सामाजिक दूरि कायम गर्न तथा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न भनेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7