बारा र पर्साका पेट्रोल पम्प आईतबारदेखि बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 02:24:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बारा र पर्सामा सञ्चालित पेट्रोल पम्पहरु आईतबारदेखि बन्द हुने भएका छन् । कोरोना संक्रमण बढेको भन्दै गत साउन १० गतेदेखि गरिएको निषेधाज्ञाको कारण पम्प बन्द गर्ने तयारी गरिएको पेट्रोल व्यवसायीहरु बताउँछन् । 

निषेधाज्ञाका कारण बैंक तथा वित्तिय संस्थाहरु बन्द हुँदा नेपाल आयल निगममा रकम भुक्तानीगर्न समस्या भएको भन्दै आईतबारदेखि सबै पम्पहरु बन्द गर्ने तयारी गरिएको पेट्रोलियम डिजर्स एसोसिएसन विरगंजले जनाएको छ । विरगंजका अध्यक्ष बिनोदकुमार चौरसिया निषेधाज्ञाका कारण दुबै जिल्लामा सञ्चालित बैँकहरु बन्द हुदा रकम भुक्तानीमा समस्या भएपछि बन्दगर्ने तयारी गरिएको बताउँछन् । 

'निषेधाज्ञा भएपनि सवारी साधनहरु सञ्चालन भैरहेका छन्, हामीले हेटौडा, अमलेखगन्ज, काठमाडौँ, चपुर तथा हरीऔनबाट रकम भुक्तानी गर्दै सञ्चालन गरेका हौँ, तर अब अन्य स्थानका बैक तथा वित्तिय संस्थाले रकम लिन नमानेपछि अन्तिम विकल्पको रुपमा बन्द गर्न लागेका हौँ', उनले भने । 

स्थानीय प्रशासन तथा आयल निगमलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको उनले गुनासो गरे । उनले भने ' हामीले विरगंजमा सञ्चालित ९ बैंकलाई दिनमा एक दिन निश्चित समयका लागि भनेपनि खुल्ला गर्न आग्रह गरेका थियौँ । तर उहाँहरुले जोखिम लिन नसक्ने भन्दै बन्द गरेपनि हामी पम्प बन्द गर्ने निर्णयमा पुगेका हौँ, ' उनले भने । सरकारले अतिआवश्यक सेवाभित्र पेट्रोलियम पदार्थलाई राखेतापनि सञ्चालनमा समस्या भएको उनी बताउँछन् । 

आयल निगमका प्रबक्ता बिनितमणि उपाध्याय भने आफुले यो समस्या बारे आज बिहान मात्र थाहा पाएको समस्या समाधानको लागि डिपो प्रमुखलाई स्थानीय प्रशासनसंग समन्वय गर्न निर्देशन दिईसकेको र समस्या नआउने बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved