रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 03:50:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । 

सम्झौतामा रिलायन्स फाइनान्सका सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘रिलायन्स फाइनान्ससँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’ ।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुने विश्वास एफवानले लिएको छ ।  एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । 

नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।   

रिलायन्स फाइनान्स लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स  कम्पनीका रूपमा सुरू भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved