टेलिफोनबाट मल सापटी मागे प्रधानमन्त्री ओलीले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 06:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । मङ्गलबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको मित्रता र अन्य विषयमा बङ्गलादेशी समकक्षी हसिनासँग फोन वार्ता गरेका हुन् । 

कुराकानीपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफूले बङ्गलादेशी समकक्षीसँग नेपाललाई युरिया मल आवश्यक परेको र सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन् । आफ्नो आग्रहलाई समकक्षी हसिनाले सकारात्मक रुपमा लिएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी गराएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved