सकियो ओली र प्रचण्डको बैठक, मन्त्रीपरिषद पुनर्गठन तिहारपछि, अर्थमा पौडेल कि पाण्डे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 03:32:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। असोज २० गतेको सचिवालय बैठकपछि बालुवाटारमा बसेको ओली र प्रचण्डको छलफल मुलत मन्त्रीपरिषद पुनर्गठनमा केन्द्रित भएको जनाईएको छ। 

बिहिबार बिहान सवा ११ बजेदेखि सुरु भएको दुई अध्यक्षविचको वार्तामा मन्त्रिपरिषद् पुनर्गठनको विषयसंगै संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत विषयमा छलफल भएको छ।

आजको बैठकमा दुई अध्यक्षबीच सहमती नजुटेपछि मन्त्रीपरिषद पुनर्गठन अब तिहारपछि मात्रै हुने भएको छ। यद्दपी प्रधानमन्त्री ओली अहिले खालि रहेका मन्त्रालयमा मन्त्री ल्याउने तयारीमा जुटेको बताइन्छ। 

रिक्त अर्थ,सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय मध्ये प्रचण्डले संचार मागेको बताइन्छ तर प्रधानमन्त्री ओली अर्थ र संचारमा तत्कालिन एमालेका नेतालाई दिने पक्षमा रहेको स्रोतले जनाएको छ। 

हाल प्रधानमन्त्री ओली आफैले अर्थ र संचार मन्त्रालय सम्हालेका छन् भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

अर्थको जिम्मेवारी बिष्णु पौडेललाई 

डा युवराज खतिवडा अमेरिकाको राजदूत बनेपछि अर्का विश्वासिला पात्रलाई मात्र अर्थ दिने ओलीको तयारी छ। वामदेव गौतम, सुरेन्द्र पाण्डे र विष्णु पौडेलले अर्थ ताकेका छन्। तर पाण्डे र गौतम भन्दा विष्णु पौडेल विश्वासपात्र भएकाले उनलाई नै अर्थमन्त्री बनाउने स्रोतको दाबि छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved