शनिवार थप ३१ सय ६७ जनामा कोरोना पुष्टि , १८ सय निको भए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2020 | 04:28:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म ८९ हजार ८ असी ४० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १८ सय जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३८ हजार ७ सय ३७ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय २७ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved