शुक्रबार ४४९९ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै २७२० जना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 04:42:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार थप ४४९९ जनामा कोरोना पुष्टि भएको छ।  बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १६८६३ जनाको पीसीआर परीक्षण गर्दा ४४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०५४८८ रहेको छ । शुक्रबार उपत्यकामा मात्रै २७२० जना संक्रमित भएका छन् ।

कोरोनाबाट थप १७ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved