बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 21, 2019 | 06:33:36 PM



एनआईसी एशिया बैंकले एक साथ विभिन्न पदमा ४ सय कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक, ५० जना रिलेसनसिप म्यानेजर, १०० जना सर्भिस म्यानेजर र  हस्पिटालिटी सर्भिसको लागि २ सय जना कर्मामचारी माग गरेको हो । 

रिलेसनसिप म्यानेजरको लागि  स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव भएका  २१ वर्षदेखि ४० वर्षकाले आवेदन दिन सक्ने छन।  सर्भिस म्यानेजरका लागि  स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको र १८ वर्षदेखि ३५ वर्षकाले आवेदन दिन सक्ने छन्।

हस्पिटालिटी सर्भिसमा प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले पनि आवदेन दिन सक्ने छन् । इच्छुकहरुले  असार २० गते भित्रमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने छन । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7