मन्त्री भट्टराईप्रति काठमाडौँका मेयरको यस्तो गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 04:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल भ्रमण वर्षलाई लक्षित गरी केन्द्र सरकारले नयाँ ‘स्किम’ घोषणा नगरेको दुखेसो गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार मन्त्रालयमा बोलाएर गरेको छलफलमा महानगरपालिकाका मेयर शाक्यले २०२० मै नेपाल किन जाने भन्नेबारे सरकारले विदेशी पर्यटकलाई बुझाउन नसकेको पनि बताए ।

‘२०२० मै किन नेपाल जाने भन्नेबारे केही न केही नयाँ घोषणा हुनुपर्ने होला, तर त्यस्तो केही आएजस्तो लागेन,’ उनले भने, ‘किन २०२० मै नेपाल आउनुपर्छ त भनेर सरकारले विदेशी पर्यटकलाई बुझाउन सक्नुपर्छ ।’ उनले काठमाडौं महानगरपालिकाले सफा र सुन्दर शहर बनाएर भ्रमण वर्षलाई सघाउने प्रतिवद्धता अनुसार काम थालिसकेको समेत दाबी गरे । ‘ब्यूटिफिकेशनमा काम गरिरहेका छौं, बौद्ध र पशुपतिनाथ क्षेत्रमा बाटोका कारण केही समस्या छ, स्वयम्भु र वसन्तपुर हेर्न लायक बनिसके’ उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved