साप्ताहिक समिक्षा: पूँजीकरणमा कम्पनीको स्थान मात्र परिवर्तन, किन आउंदैछ कारोबारमा कमि ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 07:40:47 PM मा प्रकाशित

laxmi  sunrise bank

यससाता सेयरबजारमा करिब १ अर्ब ६१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो कारोबार रकम गत साताको तुलनामा ५४ लाखले कम हो। यो साता दैनिक ३३ करोड ८४ लाख रुपैयाको कारोबार भएको छ। 

त्यस्तै साताभरिमा बजार परिसूचक नेप्से सूचक ११८०.८४ को उच्चस्थानमा र न्यून ११७०.७९ मा झरेको थियो | बन्द हुँदा ११८०.८४ नै कायम भयो। आर्थिक वर्षको आधा समय सकिन लाग्दा शेयरबजारको कारोबारमा केहि कमि देखिन थालेको छ | अधिकाँश कम्पनीका बुक क्लोज भएको हुँदा अब अर्को वर्ष मात्र लाभ पाइने हुँदा कारोबारमा केहि कमि देखिएको हो | यस हप्ता र गत हप्ताको कारोबार विवरण यस्तो रहेको छ | 

उच्च पूँजीकरण भएका १० कम्पनी 

नेपालको शेयरबजारमा नेपाल दूरसञ्चार कम्पनी हमेशा पूँजीकरणको हिसाबले माथिल्लो स्थानमा रहेको छ| यस हप्ता बजार पूँजीकरणमा सदा झैं नेपाल दूरसञ्चार कम्पनी पहिलो स्थानमा रहेको छ | साधारणसभाको लागि बुक क्लोज पश्चात मूल्यमा गिरावट आउँदा पनि बजार पूँजीकरणमा भने सबैलाई उछिनेको छ | 

नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पूँजीकरणमा केहि कमि देखिनुको कारण बोनस शेयर समायोजन नहुनु हो | अहिले पनि उच्च पूँजीकरण हुने कम्पनीमा परिवर्तन आउन सकेको छैन | कहिलेकाहीँ कम्पनीको स्थान मात्र परिवर्तन हुने गरेको छ | गत हप्ता चौथो स्थानमा रहको नेपाल लाइफ इन्सुरेन्स यस हप्ता पाँचौ स्थानमा झरेको छ | गत हप्ता पाँचौ स्थानमा रहेको स्ट्याण्डर्ड चार्टड पाँचौ स्थानबाट चौथो स्थानमा उक्लेको छ | 

उच्च पूँजीकरण भएका १० कम्पनी

कम्पनी

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार कम्पनी

,०९,८०,००,००,०००

७३२

नबिल बैंक

६७,१२,२३,३०,८७५

८३५

नेपाल इन्भेष्टमेन्ट बैंक

५८,१२,६६,०३,२७९

५४७

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४८,७०,९४,९८,०४८

६०६

नेपाल लाइफ इन्सुरेन्स

४८,३२,२२,४५,३१४

१०९९ 

एभरेष्ट बैंक

४३,०२,३९,८९,४३२

५३६

हिमालयन बैंक

३७,३२,५३,५२,६६०

४६०

एनआइसि बैंक

३१,३२,१३,५६,३००

३९०

नेपाल एसविआई

३१,१४,१५,२३,५११

३८७

एनएमवि बैंक

२८,४१,७२,९८,६५०

३२५


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

क्र.सं.

कम्पनी

रकम

नेपाल बैंक

३४,६३,००,०००

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

,८०,८२,०००

प्रभू बैंक

,१०,००,०००

नेपाल लाइफ इन्सुरेन्स

,०३,२०,०००

छिमेक लघुवित्त (संस्थापक)

,८६,००,०००

बैंक अफ काठमाडौं

,००,६०,०००

एनआईसी एसिया बैंक

,८१,७०,०००

नागरिक लगानी कोष

,६०,९०,०००

छिमेक लघुवित्त

,१८,५०,०००

१०

प्रिमियर इन्सुरेन्स

,२६,६०,०००


कारोबार संख्याका हिसाबले १० कम्पनी

क्र.सं.

कम्पनी

रकम

नेपाल बैंक

११२९

छिमेक लघुवित्त (संस्थापक)

५२३

एनआईविएल सम्वृद्धि फण्ड १

४१८

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

३७०

प्रभू बैंक

२९२

नेशनल हाइड्रोपावर

१९१

बैंक अफ काठमाडौं

१५१

एनआईसी एसिया बैंक

१२५

कुमारी बैंक

११६

१०

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-

११६


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved