सरकारले निजि क्षेत्रलाई पनि विद्युत ब्यापारमा समावेश गराउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निजि क्षेत्रलाई पनि विद्युत ब्यापारमा समावेश गराउने घोषणा गरेकी हुन् ।
उनले १२ महिना नै विद्युतको सहज आपूर्ति हुने ब्यबस्था गरिने, २ वर्षभित्र देश भर विद्युतीकरण गरिने, ठूला जलाशययुक्त आयोजना निर्माण गरिने, र आगामी आर्थिक वर्षमा ७१५ मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख गरेकी छिन् ।
त्यस्तै उनले विद्युत खपत बढाउँन खान पकाउने ग्यासको विस्थापन गर्नको लागि विद्युत महशुल घटाउने उल्लेख गरेकी छिन् ।