सरकारले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याईने घोषणा गरेकी हुन् ।
यसले नेपालको विज्ञापन बजार बढ्ने र राजश्वमा योगदान पुग्ने विश्वास लिईएको छ ।