पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:33:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन आवश्यक प्रोत्साहनको नीति लिईने बताएकी हुन् । उनले यसका लागि आवश्यक पूर्वाधारको रुपमा ठाउँ ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाईने बताएकी छिन् । 

यस विषयमा कस्तो प्रोत्साहन दिने भनिएको हो भन्ने विषय जेठ १५ गते प्रस्तुत हुने बजेटबाट थप प्रष्ट हुनेछ । यसले पेट्रोल तथा डिजेलको खपतमा कमी आई ब्यापार घाटा क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved