सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा ८ कक्षासम्म विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा ८ सम्म दिवा खाजा विस्तार गरिने बताएकी हुन् ।